डोङफेङ नामीको सोरुम नक्सालमा खुल्दै
काठमाडौं । नेपालमा नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुपले काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक सोरुम खुल्ने तयारीमा रहेको जानकारी दिएको छ । कम्पनीका अनुसार आगामी अक्टोबरको अन्त्यमा उक्त सोरुम तयार हुनेछ ।
हालका लागि नक्सालमा अवस्थित सेरेस सोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने छन् । नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्ररूपमा भइरहेको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यकाबाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र बिर्तामोडमा विस्तार गर्ने योजना छ ।
हालै सम्पन्न नाडा अटो सो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरूबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकहरूबाट निकै नै प्रशंसा र माया पाएको थियो ।
प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापकरूपमा प्रशंसा पाइरहेको कम्पनीले जनाएको छ । नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास छ । कम्पनीले यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया