एनसेलले ल्यायो नयाँ टिकटक प्याक
काठमाडौं । एनसेलले नयाँ टिकटक प्याक सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि नै लागू हुनेगरी सो प्याक सार्वजनिक गरेको हो । साथै, सबै सधैँ अनका प्याकमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।
ग्राहकले करसहित मात्र एक सय ७५ रुपैयाँमा सात दिनसम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । साथै, यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न दुई जीबी डेटा पनि प्राप्त गर्छन् । सरकारले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएसँगै एनसेलले प्रदान गर्दै आएको सधैँ अनका सबै प्याकमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैँ अन प्याकमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्करूपमा आउने डेटाबाट चलाउन पाउँछन् ।
एनसेलका चिफ कमर्सियल अफिसर, उमेर मोहसीनले नेपालमा मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहक सबैका लागि स्वागतयोग्य भएको बताए । कम्पनीले सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएको उनले बताए । एनसेलले सधैँ अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैँ अन प्याकमा ग्राहकले अन्य बन्डल सेवाबाहेकका एक जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।
त्यस्तैगरी, सधैँ अनको २८ दिने बेस्टअन्तर्गतका प्याकहरूमा प्याकअनुसार चार जीबी, पाँच जीबी र छ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैँ अन अनलिमिटेड प्याकअन्तर्गत २८ दिन समयसीमा भएको आठ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ । भदौ ६ गतेको मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको थियो । यो निर्णयपश्चात नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया