दराज नेपालद्वारा नौ दशमलव नौ वार्षिकोत्सव अभियानको घोषणा
काठमाडौं । अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालले नौ दशमलव नौ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र एक करोड बराबरको भौचर सुविधा प्राप्त गर्न सक्नेछन् ।
सोमबारदेखि बुधबारसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस नौ दशमलव नौ वार्षिक उत्सव अभियानमा खरिदकर्ताहरूले न्यूनतम मूल्य चार सय ९९ रुपैयाँ बराबरका उत्पादनको खरिद गर्दा छानिएका बिक्रेतामार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्रि डेलिभरी’ भौचरहरू सङ्कलन गर्न सक्नेछन् ।
साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधिभर दैनिकरूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिमलगायत साझेदार ब्रान्डमार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् । त्यसैगरी, दराज एपमा दैनिकरूपमा अपडेट हुने फ्ल्यास सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनको खरिद गर्दा थप बचत गर्ने अवसर सदाझैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नौ दशमलव वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसँग मात्र सम्बन्धित नभई आफ्ना उपभोक्ता तथा विक्रेताहरू समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया