Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा


काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच सो फाउन्डेसनको घोषणा गरेको हो ।

घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीबापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे । साथै, साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । अब फाउन्डेसनमा साइमेक्स इंकले एक करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्रीबापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ । शिक्षा, स्वास्थ्य सेवा र दिगो विकासजस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुुनेछ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन समर्पित गरिने कम्पनीले जनाएको छ ।

बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन अर्थपूर्ण पहलको थालनी गरेको बताए । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x