व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी चेतना जागरणको लागि पदयात्रा
काठमाडौं । नेपाल हस्तकला महासंघले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी चेतना जागरणको लागि पदयात्रा कार्यक्रम सञ्चालन गरेको छ । हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को संयुक्त आयोजनामा आइतबार ललितपुरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
सो पदयात्राको बागमती प्रदेशका पूर्व उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले शुभारम्भ गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यकता महत्व बारेका प्रकाश पारेका थिए । कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले आ–आफ्नो धाराणा राखेका थिए । पदयात्रा ललितपुरको पाटनढोकाबाट प्रारम्भ भई ललितपुर महानगरपालिकाका विभिन्न टोल हुँदै साढे चार किलोमिटर यात्रा गरी ललितपुर महानगरपालिकाको पुल्चोकमा पुगेर समापन भएको थियो ।
पदयात्रीहरूले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी चेतना जागरण गर्ने विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । पदयात्रामा लतिपुर महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, उद्योग, वाणिज्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरू र हस्तकला क्षेत्रका उद्योगी तथा व्यवसायीहरू कर्मचारीहरू सहभागी थिए । उद्योग व्यवसायमा संचालनको क्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना नगर्दा वर्षेनि ठूलो संख्यामा मानवीय क्षति हुने गरेको छ । यस सम्बन्धमा आईएलओले मापदण्ड तयार गरेर उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्था र ट्रेड युनियन अभियानसँग जोडिएका संघसंस्थाको सहयोगमा सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
हस्तकला महासंघ र आईएलओबीचमा सन् २०१९मा आपसी समझदारी भई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यहरू अघि बढी रहेका छन् । कार्यक्रम अघि बढाउने क्रममा झण्डै १५ सय जनालाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरिएको महासंघले जनाएको छ । उक्त तालिम दिन अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरू पनि तयार गरिएको छ । यसैगरी यससम्बन्धी सचेतनाको लागि विभिन्न प्रकाशनहरू तयार गरी सम्बन्धित उद्योगीलाई वितरण गरिएको महासंघले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया