प्रिमियम जर्मन वाच ब्रान्ड नोमोस नेपाली बजारमा
काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिकरूपमा भित्रिएको छ । स्विस टाइमपिसेस नेपाल प्रालिले नोमसलाई हालै एक कार्यक्रमको आयोजना गरी लन्च गरेको हो । कम्पनीको दरबारमार्गस्थित बिक्री कक्षबाट नोमोसको बिक्री तथा बिक्रीपश्चातको सेवाको शुभारम्भ गरिएको थियो । सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाइन्डिङ र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाइनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाइनका रूपमा संसारभर ख्याति पाउन सफल भएका छन् । प्रिसाइज्ड टाइम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरूले सर्वाधिकरूपमा आफ्नो कलेक्सनमा राख्न रुचाउनेमध्येको एक ब्रान्ड हो । स्विजरल्यान्डभन्दा बाहिर रहेर वाच मेकिङमा ठूलो सफलता हासिल गर्ने थोरै ब्रान्डमध्येको नोमसलाई जर्मनी र विश्वभर नै सम्मानपूर्वक हेरिने गरिन्छ ।
स्विस टाइमपिसेस नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवालाले नोमसले आफ्नो ऐतिहासिक महत्व कायम गर्दै डिजाइनमा आधुनिकता ल्याएको बताए । यस्तै, कम्पनीले ग्रान्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाइन, फेड्रिक कन्स्ट्यान्टजस्ता प्रिमियम लक्जरी वाच ब्रान्डको बिक्री वितरण गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया