लक्ष्मी इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेहिकलका लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीको काठमाडौंको तीनकुनेमा लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर कम्पनीले छुट्टै सर्भिस सेन्टर सुरु गरेको जनाएको छ । सेन्टरमा अत्याधुनिक प्रविधिका हाई भोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरणहरू पाइनेछ । हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाई भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरजस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत समेत हुने कम्पनीले जनाएको छ । सेन्टरमा सबै प्राविधिकहरू ईभी सर्टिफाइड दक्षता हासिल गरेका छन् ।
सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेस्ट पार्किङ सुविधा र छ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरू जडान गरिएको छ । लक्ष्मी न्यु इनर्जी सर्भिसले आफ्ना ग्राहकको सहजता र सहुलियतको लागि सो स्टेसन सञ्चालनमा ल्याएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया