हिरोको दशैं–तिहार अफर
काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दशैँ–तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासी मालामाल अफर सार्वजनिक गरेको हो ।
अफरअनुसार हिरोले जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद पाँच लाखसम्मको स्योर सट क्यास जित्ने मौका रहेको छ । साथै, बम्पर उपहारमा ‘नेटा भी ईभी कार’ जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले ‘दशैँ–तिहार २०८१ को बहार, दुई चक्के किन्दा चार चक्के उपहार’ योजना पनि ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा आठ हजारदेखि पाँच लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।
मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ । साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रति वर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्क समेत कायम गर्दै आएको कम्पनीको दाबी छ । हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालनमा छन् । त्यस्तै, कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा पाँच वर्षे वारेन्टीको घोषणा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया