‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने
काठमाडौं । राजधानीमा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने अभिप्रायसहित आउँदो असोज ५ गते शनिबारका दिन कार्यक्रम हुन लागेको हो ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुने कार्यक्रम विशेषतः कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने छ । वैदेशिक शिक्षा अध्ययनमा देखापरेका समस्या, विदेश पुगेपछि भोग्नुपरेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगीलगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् । कलाकार राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक हिमाल मल्टिमिडिया प्रालिले जनाएको छ ।
कार्यक्रममा कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधारसहित र विदेश पढ्न जाने योजना भएकालाई आवश्यक पर्ने योजना र मनोविज्ञानका विषयमा समेत छलफल रहने छ । हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया