सूचना प्रविधि ह्याकाथोन असोजमा
काठमाडौं । कोड फर चेन्जले नेपालकै ठूलो सूचना प्रविधि क्षेत्रको ह्याकाथोनको रूपमा परिचित ‘कोडफेस्ट २०२४’ को तेस्रो संस्करण आयोजना गर्न लागेको छ । कोडफेस्ट २०२४ असोज २ देखि १३ गतेसम्म प्रदेशस्तरमा हुनेछ भने राष्ट्रियस्तरको फाइनल असोज २९ देखि कार्तिक १ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।
‘कोडफेस्ट २०२४’मा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात वटा लक्ष्यहरूमा आधारित प्राविधिक समस्याको समाधान विकास गर्नेछन् । कोडफेस्टमा गुड हेल्थ एन्ड वेल बिइङ, क्वालिटी एजुकेसन, जेन्डर इक्युलिटी, इन्डस्ट्री इनोभेसन एन्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन र पिस जस्टिस एन्ड स्ट्रोङ इन्स्टिच्युसनका क्षेत्रका चुनौतीहरूको समाधान निकाल्न विद्यार्थीलाई प्रोत्साहित गरिनेछ । ह्याकाथोनको पहिलो चरणमा असोज २ देखि १३ गतेसम्म सातै प्रदेशमा प्रदेशस्तरीय प्रतियोगिता हुनेछ, यसबाट २१ उत्कृष्ट टोलीहरू राष्ट्रियस्तरको फाइनलका लागि छनोट हुनेछन् । असोज २९, ३० र कार्तिक १ गते काठमाडौंमा हुने फाइनलमा २१ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थानमा आउने टिमहरूले क्रमशः दुई लाख र एक लाख रुपैयाँ जित्नेछन् । साथै, पिपल्स च्वाइस अवार्डअन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारका साथै विभिन्न ग्याजेट्स, स्मार्टफोन र अन्य गिफ्ट ह्याम्पर्स पनि प्रदान गरिने आयोजकले जनाएको छ । कोडफेस्ट २०२४ विद्यार्थीहरूका लागि आफ्नो प्रविधिक ज्ञानलाई प्रदर्शन गर्ने र करियरसम्बन्धी ज्ञान लिने सुनौलो अवसर हुने आयोजकले विश्वास लिएको छ । ह्याकाथोनमा विद्यार्थीबाट प्रस्तुत हुने उत्कृष्ट व्यावहारिक आईडियाहरूलाई इनक्युबेसन वा लगानीको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया