Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा बादे निर्वाचित

फ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा बादे निर्वाचित


काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको अध्यक्षमा दिलीप बादे निर्वाचित भएका छन् । एसोसिएसनको शुक्रबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले बादेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

निर्वतमान अध्यक्ष मिन बहादुर तामाङलाई पराजित गर्दे बादे निर्वाचित भएका हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेशभक्त श्रेष्ठ निर्वाचित भए उनले सिताराम पन्तलाई पराजित गरे भने उपाध्यक्षमा विश्वमणि पोखरलेलाई पराजित गर्दै रामबहादुर तामाङ निर्वाचित भए । अन्य कार्यसमितिका पदहरूमा भने निर्विरोध भएका थिए । निर्विरोध निर्वाचित हुनेहरूमा महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ, कोषाध्यक्षमा राजकृष्ण बजगाईँ रहेका छन् ।

यस्तै, सदस्यहरूमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्र कुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रञ्जिता जिमी र कमला लामा निर्विरोध निर्वाचित भएका छन् । नयाँ बनेको कार्यसमितिलाई निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष बादेले पुष्प व्यवसायको विकास विस्तार र दिगोपनका लागि सबै पुष्प व्यवसायी एक ढिक्का भएर लाग्नुपर्ने समय आएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x