तनहुँमा ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा
काठमाडौं । सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीन तारेस्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच सो होटलको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा उनले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । ‘दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको, पछिल्लो समय व्यास–देवघाट कोरिडोर निर्माणदेखि एक सय आठ वटा मूर्ति निर्माण पनि भइरहेका छन्’, उनले भने । दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानी गर्न उनले लगानीकर्तालाई आग्रह समेत गरे । एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्रान्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो ।
एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए । प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुई वटा सिनेमा हाल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ‘पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरू महर्षि वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पुजिने छाब्दीबाराही र तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवाजस्ता ऐतिहासिक र पुरातात्विक महत्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ’, उनले भने, ‘उनीहरूका लागि लक्षित गरी होटल निर्माण गरिएको हो ।
एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरूले सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गरेर नयाँ व्यवसाय सुरुवात गरेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया