‘ग्रिन इनर्जी नै अबको भविष्य’
काठमाडौं । हुवावे टेक्नोलोजीका डिजिटल स्मार्ट पीभीका अध्यक्ष चेन योङले संसारका सबै देशले कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेकाले अब ग्रिन ट्रान्सफरमेसनको विकल्प नभएको बताए । काठमाडौंमा आयोजना भएको दुई दिने नेपाल पूर्वाधार सम्मेलनमा ‘स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेसन’ शीर्षकमा अध्ययन प्रस्तुत गर्दै उनले ग्रिन इनर्जी नै अबको भविष्य भएको उल्लेख गरे ।
उनका अनुसार विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसन, आईसीटी टेक्नोलोजी, ग्रिन पावर जेनेरेसन, इनर्जी इन्टरनेट, मोबिलिटी इलेक्ट्रिफिकेसन, ग्रिन आईटीसी पावर पूर्वाधारमा हुवावेले लगानी गरिरहेको छ । उनले ह्वावेले वैश्विक ऊर्जा रूपान्तरणमा डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा सहयोग गर्ने बताए । ‘वैश्विक ऊर्जा परिदृश्य द्रूत गतिमा परिवर्तन भइरहेको छ । जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो’, उनले भने, ‘ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ । कम कार्बन ऊर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेसनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ ।’
यस्तै, उनले कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे । ह्वावे डिजिटल पावरको सम्मेलनमा सहभागिताले यसको स्मार्ट पीभी र ईएसएस सोलुसन्सहरूको माध्यमबाट नेपालको हरित ऊर्जा संक्रमणमा यसको योगदानलाई स्पष्ट पारेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया