गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने
काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । यही असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरूले भाग लिँदैछन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिइन् । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्ट्स नेपाल क्लबले लिएको छ ।
प्रतियोगिताको पहिलो दिन असोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन पाँच गते प्रतियोगिता हुने डिस्ट्रिक्ट ३२५ जेका स्पोर्ट्स चिफ लायन अनिल कुमार बरालले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पीआरओ लायन रामराजा थापाले बताए । खेलको संयोजन भने लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले गरिरहेका छन् ।
समाजसेवामा सक्रिय लायन्स क्लबले युवा सशक्तीकरणमा जोड दिँदै मोटर स्पोर्ट्सको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिस्ट्रिक्ट स्पोर्ट्सको चिफ लायन शिव श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया