नयाँ बजाज पल्सर एनएस २०० नेपालमा
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको कम्पनीले जनाएको छ ।
नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ, जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पिड गियरबक्स र नयाँ प्रणालीको एलईडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल हो । यसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबीएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्छ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० ले नेपाली राइडरहरूको मन जित्ने बताए । कम्पनीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोलसहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएको जानकारी दिए । नयाँ बजाज पल्सर एनएस २०० को मूल्य चार लाख ४४ हजार चार सय रुपैयाँ रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज सोरुमबाट खरिद गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया