Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयातायात व्यवसायीद्वारा सवारी सञ्चालन नभएको समयको करछुट दिन माग

यातायात व्यवसायीद्वारा सवारी सञ्चालन नभएको समयको करछुट दिन माग


काठमाडौं, असार १८
नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा तथा सवारीसाधनको विभिन्न करमा छुट गर्न माग गरेको छ । महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनर्विचार र पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासंघको टोलीले अर्थसचिव शिशिरकुमार ढुङ्गानालाई बुधबार मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो ।

अर्थसचिव ढुङ्गानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजत लगायतका कागजातको नवीकरण स्थगन समेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । महासंघको मागप्रति अर्थ सचिव ढुङ्गाना सकारात्मक रहेको पनि सिटौलाले बताए । महासंघले यस अघि पनि पटक–पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ ।

यता ट्याक्सी चालकले पनि यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउने सम्बन्धी कुनै निर्णय गरेको छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया