इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
काठमाडौं । इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम नेपालमा पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय रहेको कम्पनीको दाबी छ ।
नेपालका परफ्युम पारखीह्रूलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ । काठमाडौंमा हालै आयोजित एक समारोहमा इन्टरनेसनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरेका छन् । राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी रहेको कार्यक्रममा फिल्मी क्षेत्रका सेलिब्रेटीसहित प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । इना सेन्टरको अल हरमेन पफ्युम्ससँगको सफल साझेदारीले नेपाली बजारमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय ब्रान्डहरू ल्याउने आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको यसका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।
कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । यसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । कार्यक्रमका सहभागीबाट दुवै सुगन्धप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ । यसमा प्रिमियम क्वालिटी र विशिष्ट वस्तुह्रूको मिश्रणको कारण नेपालमा पाइने अन्य परफ्युमको तुलनामा यसले छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ ।
इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिस्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्सियललगायतका ब्रान्डका परफ्युम बिक्री गर्दै आइरहेको छ । नेपाली बजारमा विकास भइरहेको विलासिता र गुणस्तरीयताप्रतिको सचेतनालाई ख्याल गर्दै इना सेन्टरले पाँचवटा विशेष सोरुमसहित अनलाइन ई–कमर्स प्लेटफर्मबाट पनि यी परफ्युम बिक्री गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया