Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघटस्थापनादेखि नेपाली हस्तकलाको प्रदर्शनी

घटस्थापनादेखि नेपाली हस्तकलाको प्रदर्शनी


काठमाडौं । घटस्थापनादेखि राजधानीमा नेपाली हस्तकलाको प्रदर्शनी हुने भएको छ । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेसनल एक्स्पो हुन लागेको हो ।

सो एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरू समावेश हुनेछन् । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक कक्ष हुने जनाइएको छ । यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सीसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हन्डमेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि प्रदर्शनीमा हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको छ । प्रर्दशनीमा सयभन्दा बढी स्टलहरू रहनेछन् । नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देशबाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । यो एक्स्पोलगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४–६ मा लस एन्जलसमा प्रदर्शनी हुने आयोजक संस्थाले जनाएको छ । यस्तै, क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x