पोखरामा दिप्पलको सोरुम
पोखरा । चिनियाँ विद्युतीय गाडी दिप्पलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा लागि हिमालय अर्गनाइजेसनअन्तगर्तको हिमालय मोटरक्स प्रालिलाई आधिकारिक विक्रेतामा नियुक्त गरेको छ ।
पोखरा सोरुम गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गरे । सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का समेत सहभागी थिए । अब पोखराको नयाँबजारस्थित हिमालय मोटरक्स प्रालिको सोरुममा गएर दिप्पल गाडी बुकिङ गर्न सकिनेछ । हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल दिप्पल गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । टेस्ट ड्राइभका लागि एक साताभित्र गाडी पोखरामा उपलब्ध हुने थापाले बताए । पोखरामा दिप्पलको एस ०७ र एल ०७लगायत अन्य मोडेल उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ गर्ने ग्राहकलाई एक साताभित्रै गाडी उपलब्ध गराइने उनले जानकारी दिए ।
दिप्पलको एस ०७ इ एसयुभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ । नेपालमा यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार सिंगल चार्जमा चार सय १० देखि चार सय ८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया