पिटर इङ्ग्ल्यान्डको नयाँ स्टोर कुमारीपाटीमा
काठमाडौं । अन्तर्राष्ट्रिय कपडा ब्रान्ड पिटर इङ्ग्ल्यान्डले ललितपुरको कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कलाकार आयुष्मान जोशीले शुक्रबार एक समारोहबीच स्टोरको उक्त उद्घाटन गरेका हुन् । स्टोरमा सर्ट, टि–सर्ट, ट्राउजर, डेनिम, सुट, ब्लेजरलगायतका पुरुषका कपडासँगै बेल्ट, टाई, रुमालजस्ता सामानहरू उपलब्ध छन् । नेपालमा पिटर इङ्ग्ल्यान्डको यो तेस्रो स्टोर हो ।
आदित्य बिरला फेसन एन्ड रिटेल लिमिटेडअन्तर्गतको पिटर इङ्ग्ल्यान्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ । पिटर इङ्ग्ल्यान्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कुमारले काठमाडौँमा तेस्रो स्टोरको उद्घाटनसँगै काठमाडौँमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए । ‘प्यासिफिक बिजनेस प्राइभेट लिमिटेडसँगको साझेदारीले हाम्रो विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ र हामी हाम्रा ग्राहकलाई थप सेवा गर्न पाउँदा खुसी छौँ,’ उनले भने । प्यासिफिक बिजनेस प्राइभेट लिमिटेडका निर्देशक विपिन कुमार अग्रवालले नयाँ स्टोरको सुरुवातसँगै फेसनप्रति सचेत ग्राहकलाई अझ धेरै विकल्पहरू ल्याइएको बताए । कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा आएसँगै नेपालमा पिटर इङ्ग्ल्यान्डको उपस्थिति थप बलियो बनेको उनको भनाइ छ ।
‘नयाँ स्टोर सुरु भएसँगै, ब्रान्डले आफ्नो उपस्थितिलाई अझ वृद्धि गर्ने र देशभरका पुरुषहरूलाई प्रिमियम तथा गुणस्तरीय विकल्पहरू प्रदान गर्दै जीवनशैलीसँग जोडिने उत्पादनहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ,’ उनले भने । लामो समयदेखि गुणस्तर र विश्वसनीयताका लागि परिचित पिटर इङ्ग्ल्यान्डलाई इकोनोमिक टाइम्स ब्रान्ड इक्विटी सर्वेक्षणले लगातार सात वर्षसम्म भारतको सबैभन्दा विश्वसनीय र उत्कृष्ट पोसाक ब्रान्डको मान्यता दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया