टीभीएसको ‘महा एक्सचेन्ज मेला’
काठमाडौं । दशैँको अवसरमा, टीभीएस नेपालले ‘महाएक्सचेन्ज मेला’को आयोजना गरेको छ । मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
मंगलबादेखि सुरु भएको सो मेला असोज २० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा चल्नेछ । मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैँ अफरहरूको फाइदा लिन सक्नेछन् । टीभीएस महाएक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत् सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दाबी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
यस्तै, कम्पनीले अन्य विशेष अफरहरूको पनि व्यवस्था गरेको छ । कम्पनीको पूर्व–खरिद अफरहरूमा खरिद गर्नुअघि नै उपभोक्ताका लागि पाँच लाख रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ । त्यसैगरी खरिद गर्दा १० लाख रुपैयाँसम्मको छुट पाउने अवसर र साप्ताहिक क्यासब्याक अफरअन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ । साथै, टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि कम्पनीले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।
कम्पनीले उच्चतम मूल्याङ्कनको ग्यारेन्टी समेत दिएको छ । मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुईपाङ्ग्रे सवारीसाधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यस्तै, ग्यारेन्टरविना सजिलो वित्तीय सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । मेलामार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्ने भएको हो । ग्राहकहरूले ग्यारेन्टरविना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन् ।
मेलामा टीभीएस बाइक वा स्कुटरको टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने जनाइएको छ । मेलामार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ । साथै, एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेल्मेट, बाइक कभर र ब्यागलगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारीसाधन खरिद गरेदेखि नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया