जेइको जेसिक्सको विशेष प्रोडक्ट सार्वजनिक
काठमाडौं । एसपीजी अटोमोबाइल्सले हालै एक अनलाइन लाइभ प्रसारण गरी जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा आयोजना गरिएको थियो ।
नेपाली बजारमा इलेक्ट्रिक एसयुभी ओमोडा इफाइभले सफलता पाएपछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयुभी नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । ईभी तथा गाडी पारखीमाझ यस एसयुभीले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । हालसालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफूलाई एक उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभीको रूपमा स्थापित र प्रमाणित गरेको छ । यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ–रोडमा उत्कृष्ट प्रदर्शन गर्छ ।
कम्पनीका अनुसार जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार–उपयोगी विशेषताहरू प्रदान गर्छ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ, जुन अन्य एसयुभीहरूमा प्रायः पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र छ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको एक्सेलेरेसन दिन्छ । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भू–भागहरूमा टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्ने कम्पनीले जनाएको छ । एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन मोड’ एक्टिभेट हुन्छ, जसद्वारा टर्निङ रेडियस पाँच दशमलव सात मिटरबाट चार दशमलव पाँच मिटरमा घट्छ । स्लोप, लो–ट्«याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेटअनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- उपनिर्वाचनका लागि निर्वाचन आयोगले ताक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत
- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा एक जना पक्राउ
- कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
- राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
- ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय
- साउनयता छ सयभन्दा बढीमा स्क्रब टाइफस
- महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्: परराष्ट्रमन्त्री
- बाइडेन र ट्रम्पबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया