एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।
यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारीलगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण पनि हो । एनसेलले प्रत्यक्ष र अप्रत्यक्षरूपमा एक करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ ।
रिङरोडको कोटेश्वर–कलङ्की १० दशमलव दुई किलोमिटर सडकखण्डको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरी सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू हुन् ।
यस्तै, कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको समुदायस्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ ।
एनसेलले विभिन्न सामाजिक पहलहरूमा दुई अर्बभन्दा बढीको योगदान गरिसकेको जनाएको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएकाले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया