उपभोक्ताको गुनासो ‘क्युआर’बाट
नुवाकोट । जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ । चाडपर्वमा हुन सक्ने उपभोक्ताको अधिकार हननका घटनालाई मध्येनजर गर्दै उपभोक्ताले क्युआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले विभिन्न चार विधाका गुनासोलाई प्रशासन कार्यालयले क्युआर स्क्यान गरी देखिने फरक–फरक आवेदन फाराममार्फत संकलन गर्न थालिएको छ ।
‘उपभोक्ताको अधिकार हनन्सम्बन्धी खाद्यान्न, होटल तथा खाजा घर, यातायात र औषधि पसलसम्बन्धी गुनासो नेपाली भाषामा तयार गरेको फाराममार्फत भर्न सकिने सेवा सञ्चालनमा ल्याइएको छ’, प्रजिअ अधिकारीले भने, ‘उपभोक्ताको अधिकार रक्षाका लागि ‘स्वच्छ प्रतिस्पर्धी बजार: उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने सरकारको लक्ष्य पूरा गर्न यसमार्फत उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।’
कार्यालयको सेवासम्बन्धी गुनासो, सुझाव संकलन गर्न जिल्ला प्रशासनले यसअघि नै क्युआर सेवा सञ्चालनमा ल्याएको थियो । आधुनिकता र प्रविधिको विकाससँगै उपभोक्ताका अधिकार हनन्का घटना रोक्न र संलग्न दोषीलाई कारबाही गर्न क्युआर प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- वर्तमान सरकारसँग जनताले विकासका विषयमा धेरै अपेक्षा गरेका छन्’
- लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह
- आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने
- फुडमान्डु वानमार्टको शुभारम्भ
- लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा हमाल
- नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड
- (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा ल्याइयो
- एनवाईईएफ कनेक्ट शुभारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया