गोदावरीमा मण्डला प्रतियोगिता हुने
काठमाडौं । गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन कात्तिक १७ गते गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो ।
युवा पुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले झीःझी पुचद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । प्रतियोगिताले युवा पुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रंगले सकारात्मक ऊर्जा र जीवनमा पार्ने प्रभावबारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था झीःझी पुचका अध्यक्ष अनिल महर्जनले बताए । आध्यात्मिक प्रतीकहरूको ज्यामितीय तथा पञ्चमहाभूतसहित सिङ्गो ब्रह्माण्डको सूक्ष्म प्रतिनिधित्व गर्ने मण्ड (मण्डला) नेवारी संस्कृतिमा सम्मानजनक अस्तित्व र गौरवमय मानिन्छ । कला, रङ, धर्म र संस्कृतिको सम्बन्ध दर्शाउनुका साथ साथै न्हूँ दँ ११४५ लाई अर्थपूर्ण र भन्यरूपमा मनाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यंटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पुर्याउने कार्यक्रमका संयोजक धर्मेन्द्र महजनले बताए ।
व्यक्तिगत तथा संस्थागतरूपमा जो कोहीले पनि भाग लिन सक्ने यस प्रतियोगितामा कुनै उमेरको सीमा तोकिएको छैन । दुई जना मिलेर छ घण्टाभित्र एउटा चार वर्गफिटको मण्डला बनाउनुपर्नेछ । महिला पुरुष जोकोहीले पनि भाग लिन मिल्ने प्रतियोगितामा पहिले रजिस्ट्रार गर्नेले पहिलो प्राथमिकता पाउने र जम्मा २० वटा समूह मात्र समावेश गरिने बताइएको छ । यस कार्यक्रममा आवश्यक पर्ने पाँचथरी रंगलगायत अन्य सामग्रीजस्तै चक, इन्ची टेप, धागो, प्लास्टिक कोन, कचौराइत्यादि आयोजकका तर्फबाट उपलब्ध गराउने र सजावटको सामग्री प्रतियोगीले नै व्यवस्था गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई विशेष पुरस्कार वितरण गरिने छ । सो प्रतियोगितामा तीन हजारदेखि पाँच हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा आफूसँग भएको कला प्रस्तुत गर्ने सुवर्ण मौकाको फाइदा उठाउन आफ्नो नाम दर्ता गरी भाग लिन आयोजकले आह्वान समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- मेरिकी सेनाका इन्डोप्यासिफिक कमान्डका उपकमान्डर जर्नेल काठमाडौंमा
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया