फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
काठमाडौं । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ गुणस्तरीय बनाउने लक्ष्यका साथ इ–सेवाले फोनपोइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । फोनपोइन्ट्स एक एकीकृत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो, यसबाट व्यवसायीहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यावसायिक अनुभव प्रदान गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेकोे प्वाइन्ट्सलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्दै आर्कषक अफरहरू अवलोकन गरी तिनको उपभोग गर्ने अवसर फोनपोइन्ट्सले प्रदान गर्छ ।
फोनपोइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यावसायिक पार्टनरहरूसँग संलग्न भएर लोयल्टी प्वाइन्ट्स आर्जन गर्न सक्नेछन् । फोनपोइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरूबाट आर्जन गरेको लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा एकृकीत गर्दछ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्ने हेतु नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लोयल्टी प्वाइन्ट्स प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ ।
फोन पोइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । फोनपोइन्ट्सका सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्छ । यो प्रक्रिया सिधै फोन पोइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरिकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मानव तस्करीमा जापानबाट डिपोर्ट भएपछि मन्त्री अधिकारीले राजीनामा दिएको खुलासा !
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया