Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाढीपीडितलाई एनसेल फाउन्डेसनको सहयोग

बाढीपीडितलाई एनसेल फाउन्डेसनको सहयोग


काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका पाँच सय जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरेको हो ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामग्रीहरू गुमाएका थिए । फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरूलाई राहत वितरण गरेको छ । फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का दुई सय १५ परिवारलाई राहत वितरण गरेको हो । यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्ड्सनले हालै मात्र राहत वितरण गरेको छ ।

यसअघि फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पु¥याएका वडा ४, ७, ८, १० र १३ का करिब दुई सय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म पाँच सय ३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । वितरण गरिएका राहत सामग्रीमा खाद्यान्नका सामग्री, हाईजिन किट, ब्याल्ङ्केटलगायतका सामानहरू रहेका थिए ।

फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरूसहित प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x