Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा फ्ल्यास चार्ज, एयरभोक वायरलेस फ्ल्यास र मिनी सुपरभोक चार्जर सार्वजनिक

ओप्पोद्वारा फ्ल्यास चार्ज, एयरभोक वायरलेस फ्ल्यास र मिनी सुपरभोक चार्जर सार्वजनिक


काठमाडौं, साउन १
ओप्पोले आधिकारिक रुपमा १२५वाट फ्ल्यास चार्ज, ६५वाट एयरभोक वायरलेस फ्ल्यास चार्ज, अल्ट्रा–स्मल पोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै, ११० वाट मिनी फ्ल्यास चार्जर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको १२५वाट फ्ल्यास चार्ज प्रविधिले मोबाइल फोन उद्योगमा फ्ल्यास चार्ज प्रविधि क्षेत्र अन्तर्गत नयाँ सफलताको प्रतिनीधित्व गरेको कम्पनीको दाबी छ । उन्नत एन्क्रिप्सन अल्गोरिथम र नियन्त्रित तापमान नियन्त्रक रेगुलेटर्सका साथमा यसले फ्ल्यास चार्जिङ उपकरणहरुमा सुरक्षाका साथै सटिकता प्रदान गर्छ । ६५वाट एयरभोक वायरलेस फ्ल्यास चार्जले प्रयोगकर्तालाई वायर्ड चार्जिङका तुलनामा अझ तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउँछ ।

पहिलो पटक सार्वजनिक गरिएका ५० वाट मिनी सुपरभोक चार्जर र ११० वाट फ्ल्यास चार्जर ओप्पोको भोक फ्ल्यास चार्ज प्रविधि अन्तर्गत पृथक नवप्रबर्तनहरु हुन् । कम्पनीका अनुसार ओप्पोको १२५वाट फ्ल्यास चार्ज प्रविधिले डायरेक्ट चार्जिङ प्रविधिको प्रयोग गर्दै ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई ५ मिनेटमै ४१ प्रतिशतसम्म र २० मिनेटमै पूर्णरुपमा चार्ज गर्ने क्षमता राख्छ । त्यसैगरी यो सुपरभोक र भोक फ्ल्यास चार्जका प्रोटोकलसंग पनि मिल्ने हुनुका साथै ६५वाट पीडी र १२५वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलहरुसँग पनि मिलान हुने गरी विकास गरिएको छ । सुपरभोकको प्राविधिक डिजाइनबाटै विकसित १२५ वाट फ्ल्यास चार्जमा ब्यापक आर्किटेक्चरल अपग्रेड गरिएको छ । यसले २०भी ६.२५ए चार्जिङ स्किम सपोर्ट गर्नुका साथै, चार्जको आकारमा बृद्धि नगरिकनै चार्जिङ समयमा कटौतीका लागि पावर डेन्सिटी प्रोपर्टीमा पनि सुधार उपलब्ध गराएको छ ।

यसमा सुदृढ ब्याट्री रेसियोका साथमा डबल–६सी सेल्स, उद्योगकै अग्रणी मल्टिपल ट्याब स्ट्रक्चर, चार्ज पम्प्स र चार्जिङ क्षमतामा सुधारका लागि उच्चतम एकिकृत एमसीयू जडान गरिएको छ । साथै, १२५वाट फ्ल्यास चार्जमा चार्जिङको अवस्था र चार्जिङको समयमा सुरक्षा सुनिश्चितताका लागि यसमा १० थप तापमान सेन्सर्सको पनि प्रयोग गरिएको छ । त्यसैगरी, यस प्ल्याटफर्मले थप सुरक्षार्थ, फ्युस ओभरभोल्टेज सुरक्षा उपायहरु, टाइप–सी टू टाइप–सी वायरका साथै, १२८–बिट हाई–स्ट्रेन्थ एन्क्रिप्सन अल्गोरिथमको पनि प्रयोग गर्छ ।

त्यस्तै ओप्पोले स्व–विकसित पृथक् चार्ज पम्प प्रविधि र प्यारालल डुअल कोल डिजाइन सहित बजारकै अग्रणी वायरलेस फ्ल्यास चार्ज प्रविधिका रुपमा ६५वाट एयरभोक फ्ल्यास चार्ज उपलब्ध गराएको हो । कम्पनीका अनुसार ६५वाट एयरभोक वायरलेस फ्लयास चार्जले ४ हजार एमएएच क्षमताको ब्याट्री सर्वाधिक तीव्र गतिमा मात्र ३० मिनेटको समयमा चार्ज गर्ने क्षमता राख्छ । यस प्रविधिले फाइभ–फोल्ड सुरक्षा उपायहरुको अवलम्बन गर्नुका साथै फरेन अब्जेक्ट डिटेक्सन फञ्सनपनि उपलब्ध गराएको छ ।

त्यसैगरी, ओप्पोले ६५वाट एयरभोक ताररहित फ्ल्यास चार्जका लागि एउटा बैचारिक ताररहित चार्जरपनि प्रदर्शित गरेको छ । चार्जरमा मोल्डलेस -यापिड प्रोटोटाइपिङ प्रविधिद्वारा निर्मित सुन्दर कलात्मक ग्लासको प्रयोग गरिएको छ । कञ्जुमर इलेक्ट्रोनिक्स मार्केटमा कुनैपनि प्रविधिमा यसको प्रयोग गरिएको यो नै पहिलो पटक हो । चार्जिङका क्रममा ह्यान्डसेट तातिने समस्याकाृे समाधानार्थ भित्रिने र बाहिरिने ताप नियन्त्रणका लागि चार्जरको तल्लोपट्टी सेमिकन्डक्टर कुलरको ब्यवस्था गरिएको छ ।

साथै ओप्पोले विश्वकै सानो तथा पातलो ५०वाट मिनी सुपरभोक चार्जर र डुअल लेभर आर्किटेक्चर फिचर्स सुसज्जित ११०वाट मिनी फ्ल्यास चार्जरपनि सार्वजनिक गरेको छ । ओप्पोको ५०वाट मिनी सुपरभोक चार्जरको निर्माण मल्टि -याडियन कर्भ प्रक्रिया मार्फत बिजनेस कार्ड होल्डरको आकारमा गरिएको छ । यसको बाहिरी वालको मोटाइ जम्मा १.०५सीएम मात्र छ ।

५०वाट मिनी सुपरभोक चार्जर भोक प्रोटोकलसँग मिल्नुका साथै २७वाट पीडी र ५०वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलपनि सपोर्ट गर्छन् । यसको माध्यमबाट मोबाइल फोन्सका साथै ल्यापटप्स पनि चार्ज गर्न सकिन्छ । यसमा आकार समायोजनका लागि टोपोलोजिकल डिजाइनको प्रयोग गरिएको छ । उच्च क्षमताको पावर कन्भर्जनका लागि यसमा परम्परागत ईलेक्ट्रोलाइटिक क्यापेसिटरका स्थानमा पल्स चार्जिङ उपलब्ध गरिएको छ । इन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा ओप्पोका अल्ट्रा–स्मल चार्जर सिरिजले जुनैबेला जहाँपनि फ्ल्यास चार्जिङ उपलब्ध गराउनेछन् । ओप्पोेले फ्ल्यास चार्जिङका लागि २ हजार ८ सय भन्दा बढी ग्लोबल प्याटेन्टका निवेदन दिइसकेको छ । कम्पनीको ३० भन्दा बढी स्मार्टफोन मोडलमा उपलब्ध गरि सकिएको भोक फ्ल्यास चार्ज प्रविधिले विश्वभरका १५७ मलियनभन्दा बढी प्रयोगकर्तालाई अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया