Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने

५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने


काठमाडौं, साउन २
नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु बिहीबारदेखि नै लागू भएका छन् ।कम्पनीका अनुसार नेपाल सरकारको निर्णयानुसार साउन १ देखि लागू हुने गरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलोपटक सिम खरिद गर्दा लागू भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब नलाग्ने भएको छ ।

प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागू हुने कम्पनीले जनाएको छ । सोअनुसार हाल नयाँ सिमकार्ड लिनका लागि ९ सय ४५ रुपैयाँ लाग्ने गरेकोमा अब ५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिनेछ । ५ रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट रहनेछ । पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि)बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागू हुने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया