साङ्लो ग्रुपको प्रथम साधारणसभा
बुटवल, पुस ६
माटोसँग मिल्न सक्ने ननओभन झोला उत्पादन गरी वातावरणीय सौन्दर्यमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड इण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारणसभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै उत्पादनलाई बजार विस्तारमा विशेष जोड दिने निष्कर्ष पनि निकालेको छ ।
संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र ज्येष्ठ सेयर सदस्य ढगप्रसाद चापागाईंको प्रमुख आतिथ्यमा भएको साधारणसभामा स्वागतमन्तव्य राख्दै सेयर सदस्य वेद प्रसाद न्यौपानेले साङ्लो बनाएर अगाडि बढ्ने उद्देश्यले सञ्चालित उद्योगको बजार विस्तारमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने बताए । न्यौपानेले वातावरणीय सौन्दर्यमा उद्योगले महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्दै सबै सेयर सदस्यका प्रतिनिधित्वमूलक एक एक उद्योग स्थापना गर्नसक्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
संस्थाका सेयर सदस्य विश्वराज बरालले उद्योग कलकारखानामा लगाइएको लगानीले तत्कालै प्रतिफल दिनसक्ने अवस्था नहुने बताउँदै निरन्तरता नै सफलता प्राप्त गर्ने मुख्य आधार भएकोले धैर्य गरेर कार्यप्रति इमानदारितापूर्वक लाग्नुपर्ने बताए । बरालले तीव्र अस्वस्थ्य प्रतिस्पर्धा बजारको मुख्य समस्या रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे । सेयर सदस्य अमृत भट्टराईले सञ्चालन गरेको सभामा अध्यक्ष खिमानन्द भुषालले कम्पनीको सम्पूर्ण आयव्यय विवरण तथा पुँजीगत संरचनाको बारेमा सभालाई
जानकारी गराउँदै बजार अवस्थामा संस्थाले खेलेको भूमिकामा सेयर सदस्यहरुलाई प्रष्ट पारेका थिए । अध्यक्ष भुषालले जनशक्ति तथा पूर्वाधार विकास, उच्च गुणस्तरीय सेवा, उस्तै प्रकृतिको उत्पादनमा अध्ययन तथा उत्पादन सुरु लगायतका तीन वटा भावी योजनाहरुलाई सभामा राखेका थिए । चार करोड लगानीमा सञ्चालन भएको उद्योगले मासिक २४ टन भन्दा बढी उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया