पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र
इनरुवा, पुस ६
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचारप्रसारलगायत अन्य तयारी तीव्र पारिएको हो । प्रचारका क्रममा सिक्किम पुगेर समेत त्यहाँका मुख्यमन्त्री तथा सिक्किमका बासिन्दालाई निम्तो दिइएको छ ।
सिक्किममा पत्रकार सम्मेलन गरी सिक्किमवासीलाई महोत्सवमा निम्तो गरिएको हो । प्रदेश १ का उद्योग वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसियतलाई भेटेर परियोजना प्रस्ताव गरिएको संयोजक घिमिरेले बताए । महोत्सवमा म्याराथनसहित विभिन्न खेलकुद प्रतियोगिता हुनेछन् । सदरमुकाम फुङलिङदेखि तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड हुनेछ । महोत्सव अवधिभर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, तिम्बुङ पोखरी, फुङफुङे झरनालगायतका पर्यटकीय क्षेत्रको हेलिकप्टरमार्फत अवलोकन गराइने व्यवस्था मिलाइएको संयोजक घिमिरेले जानकारी दिए ।
महोत्सव अवधिभर कृषि मेला प्रदर्शनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रदर्शनी, खाद्य परिकार महोत्सव, फोटो प्रदर्शनी, स्थानीय जातजाति तथा समुदाय विशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक वटा स्टल राख्ने तयारी गरिएको छ । हरेक दिन प्याराग्लाइडिङको मज्जा समेत लिन सकिनेछ । ‘पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया