Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको रेडमी नोट–९ सिरिज बजारमा

शाओमीको रेडमी नोट–९ सिरिज बजारमा


काठमाडौं, साउन १८
शाओमीले नेपालमा दुई नयाँ स्मार्टफोन रेडमी–९ र रेडमी–९ ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीले जनाएको छ । कम्पनीका अनुसार पहिलो एन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी–९ ले जीवनको विशेष पलहरु खिच्न मद्दत गर्दछ ।

रेडमी–९ मा ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले रहेको छ । पर्फमेन्सको पाटोमा, रेडमी–९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी८० एसओसी छ जसले आफ्नो पूर्ववर्तीभन्दा १०७ प्रतिशत सुधारिएको प्रदर्शन प्रदान गर्दछ । ५०२० एमएएच ठूलो क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी–९ ले दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्दछ । यसमा रियर फिंगरप्रिन्ट सेन्सर विशेष गरि क्यामेरा सेटको छेउमा बस्नका लागि डिजाइन गरिएको छ । रेडमीको हालको स्मार्टफोन लाइनअपमा चित्रित एक ट्रेन्डी सरकल डिजाइनले घेरिएको छ । रेडमी–९ ३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टरका साथ आउँछ । यसले डुअल सिम र थप माइक्रोएसडी स्लट पनि समर्थन गर्ने कम्पनीले जनाएको छ ।

यसैगरी रेडमी–९ ए ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ । रेडमी–९ एमा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन् जसले दिनप्रतिदिन सहज सञ्चालन अनुभव प्रदान गर्दछ । यसमा एआई अप्टिमाइज्ड् १३ एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्बिरहरु खिच्द छ । कम्पनीका अनुसार रेडमी–९ कार्बन ग्रे, ओसन ग्रीन र सनसेट पर्पल गरि तीन कलरमा उपलब्ध हुनेछ । ३ जीबी + ३२ जीबी भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने ४ जीबी+ ६४ जीबी भेरियन्टको मुल्य १७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

यसैगरि रेडमी–९ ए पनि ग्रानाइट ग्रे, पिकक ग्रीन र स्काई ब्लुमा गरि तीन कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । रेडमी–९ ए २ जीबी + ३२ जीबी भेरियन्टको मुल्य ११ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । दुवै फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया