जेसीबीको ‘एस्युरेन्स’, ग्राहकलाई ‘कन्फिडेन्स’
काठमाडौं, पुस ७
नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ । नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पाटर््समा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा १ बर्षको उपलब्ध हुनेछ ।
साथै, जेसीबीले बजारमा उपलब्ध सामान्य ग्रिजभन्दा गुणस्तरीय ग्रिज ‘पर्फर्मेन्स ग्यारेन्टी’ साथ ग्राहकमाझ ल्याएको छ । ‘हामीले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखी, पार्टपूर्जामा ३ महिनादेखि ६ महिना तथा टायरमा १ वर्षको वारेन्टी साथै २५० डिग्री सेल्सियससम्मको तापक्रम थाम्न सक्ने क्षमता भएको ग्रिज सुपथ मूल्यमा उपलब्ध गराएको छौं ।
यो ग्रिज बजारमा पाइने ब्रान्डेड ग्रिजभन्दा सुपथ मूल्यको साथै उच्च गुणस्तरको छ र लोकल ग्रिजको भन्दा दुई गुना बढी हुने भएकाले ग्राहकको धेरै पैसा बचत हुन्छ,’ एमएडब्लु अर्थमुभर्सका चिफ सर्भिस म्यानेजर दिपेन बज्रचार्यले भने । देशभर १२ वटा शाखा, १५ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र टेली ह्यान्डलर लगायत उत्पादन बजारमा छन् ।
इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया