‘यामाहा एफजेड हिमालय रोडिज सिजन–३’ सुरु
काठमाडौं, पुस ७
‘यामाहा एफजेड प्रस्तुत हिमालय रोडिज सिजन–३’ सुरु भएको छ । गत मंसिर ३० गतेदेखि हरेक सोमबार राति ८ बजे हिमालय टिभी एचडीमा हिमालय रोडिज प्रसारण हुँदै आएको छ । भारतीय फ्रेन्चाइज शो एमटिभी रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको र उनीहरुले प्रतीक्षा गरेको टिभी शो हो । भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका कारण शो रोमाञ्चक हुने गर्छ ।
यो सम्पूर्ण नयाँ सिजनको सञ्चालन रेमण्ड दास श्रेष्ठले गरेका छन् । साथै उनको साथमा सम्झौता नगर्ने र कठोरताले भरिएको ग्याङ लिडर दीया मास्के, आशिष राना उर्फ लाहुरे जोडिनेछन् भनें नयाँ ग्याङ लिडरहरु अनूप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन् । सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिज सवार गरेर हासिल गरेको थियो । यो सिजन ३ मा पनि निरन्तर रहनेछ । यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पु-याउनेछ जसलाई उनीहरुले पार गर्नेछन् । यामाहा एफ जेड, शोले आफ्नो सहभागीहरु प्रति देखाउने कठोरतासँग दुरुस्तै मेल खाने परिपूर्र्ण सहयोगी हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया