कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्ने
काठमाडौं, पुस ७
नेपाल वायुसेवा निगमले कम भिजिबिलिटीमा उडान गर्न पाउने भएको छ । निगमद्वारा सञ्चालित ए३२०/३३० को रिडुज्ड भर्टिकल सेपेरसन मिनिमा (आरभीएसएम) तथा इलेक्ट्रिक फ्लाइट ब्याग (ईएफबी) नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएसँगै कम भिजिबिलिटीमा उडान गर्ने अनुमति पाएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै ए ३२० को अपरेसन्स स्पेसिफिकेसनमा स्ट्याण्डर्ड क्याटोगोरी २ (क्याट २) एप्रोभल तथा ए३२० रिडुज्ड नेभिगेसन पर्फमेन्स – अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) अपरेसन्सको इन्ट्रिम अथोराइजेसन पनि निगमलाई प्राप्त भएको जनाएको छ । निगमको उडान आधुनिकीकरण योजनाका यी सफलताहरुले निगमको उड्डयन सुरक्षालाई थप सुनिश्चित गर्ने निगमले दाबी गरेको छ । साधारणतया विमानहरु इन्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) क्याटोगोरी १ मा अवतरण गर्ने गर्दछन् ।
जसअनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा २०० फिट एभोब ग्राउण्ड लेभल (एजीएल) मा ल्याण्ड गर्ने वा गो एराउण्ड गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही आप्रोन गर्न ५५० मिटर भिजिविलिटिको आवश्यकता पर्दछ । तर क्याट २ अथोराइजेसन प्राप्त गरेपश्चात् निर्णय गर्ने उचाइ १०० फिटमा घट्नेछ । यसले गर्दा कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्नसक्ने क्षमता हुन्छ ।
प्राधिकरणको स्वीकृति हालसालै प्राप्त भएको हुनाले काठमाडौंको हकमा आरएनपी–एआर तथा अन्य अन्तर्राष्ट्रिय उडानहरुमा क्याट २ आईएलएसको उपयोग गर्दै निगमको उडानहरु अझै बढी नियमित तथा समयमा नै सञ्चालन हुने निगमले जनाएको छ । खराब मौसमको प्रभावबाट हुनसक्ने उडान रद्द होल्डिङ र डाइभर्सन जस्ता अप्ठ्याराहरु न्यूनीकरण हुने भएका छन् ।
यसैगरी निगमको ए३३० जहाजको क्याट २ तथा आरएनपी–एआर एप्रुभल पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । यस प्रक्रिया निकट भविष्यमा नै सम्पन्न गरी ए३३० जहाजको उडानलाई समेत अझै नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनाअनुसार काम भइरहेको निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया