Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फिनिक्सद्वारा नोट ७ बजारमा

इन्फिनिक्सद्वारा नोट ७ बजारमा


काठमाडौं, साउन ३०
युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको नोट सेभेन सिरिज लन्च गरेको छ । इन्फिनिक्सको नोट सेभेन सिरिजमा ४८ एमपी क्वाईड क्यामेरा जडित छ । कम्पनीका अनुसार यसमा चार जिवी ¥याम छ भने १२८ जिवी स्टोरेज क्षमता रहेको छ । नोट सेभेन सिरिज बुधबारदेखी बजारमा उपलब्ध रहेको कम्पनीका भनाई छ ।

यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा रंगहरूमा उपलब्ध रहेको । कम्पनीका अनुसार यस स्मार्टफोनमा ४८ एमपी क्वाईड क्यामेरा जडित भएकोले प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको ठाउँमा पनि धेरै नै राम्रो फोटो खिच्न सक्छन् । अरु भन्दा पृथक रहेको यस स्मार्टफोनको १०८० पिक्सल लो लाईट भिडियो क्यामेराले नोट सेभेनलाई अन्य स्मार्टफोनहरूको भिडमा सबैभन्दा छुट्टै रहेको पहिचान दिन्छ । कम्पनीका अनुसार यो स्माटफोन गेम खेल्ने रुचाँउने प्रयोगकर्ताहरूका लागि उपयुक्त फोन हो ।

यस फिचरले फोनमा देखिने दृश्यको उत्कृष्ट अनुभव दिलाउँछ भने धेरै कार्य एकैसाथ सजिलै रुपमा गर्न सहयोग पुर्याउछ । यसको मुल्य नेपाली बजारमा २१ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ह्यान्ड सेटका लागि १ वर्ष र ब्याटरी र चार्जरका लागि छ महिना वारेन्टी समेत रहेको कम्पनीको भनाई छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया