Techie IT
×
गृहपृष्ठकर्पोरेटबेनेलीको शोरूम ग्वार्कोमा

बेनेलीको शोरूम ग्वार्कोमा


ललितपर, पुस ८
बेनेली मोटरसाइकलको अधिकृत बिक्रेता युनिटी ट्रेडिङ्ग प्रालिले ललितपरको ग्वार्कोमा दोस्रोे बेनेली शोरूमको उद्घाटन गरेको छ । ग्वार्कोमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीले बताएको छ । युनिटी ट्रेडिङले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्ने जनाएको छ । यसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राइडरहरुलाई फाइदा पु-याउने कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार सबै मोडेलहरू दुई वर्ष इन्जिन वारेण्टीको रहेको छ । बेनेलीले १५० सीसीको टिएनटी १५ र टीएनटी १५० आई प्रस्तुत गरेको छ, जसको मूल्य क्रमश दुई लाख ३० हजार र ती लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको बीएन २५१ पनि २५० सीसीमा उपलब्ध रहेको छ । यसको बजार मूल्य पाँच लाख २० हजार रहेको कम्पनीले जनाएको छ । कम्पनीको लियोनसियो २५० र टिआरके २५१ को मूल्य भने छ लाख ३० हजार तोकिएको छ ।

बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक राजन जोशीको अनुसार यी सबै मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो । यसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेको कम्पनीले बताएको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । १९११ देखि नै मोटरसाइकल पारखीबीच बेग्लै पहिचान बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया