प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको आवेदन खुल्ला
काठमाडौं, पुस ८
डाबर नेपालको एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर (जीईई)सँग सम्झौता गर्दै प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ । प्रोस्टाइलले ग्रुप अफ इभेन्ट ईन्टरटेनर (जीईई) सँगै सोमबार जावलाखेलको रेन रेष्टुरेन्टमा आयोजना गरिएको एक समारोहबीच प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० को आवेदन खुला गरिएको जनाएको छ । यो सँगसँगै प्रोस्टाईल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको छ ।
प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लगइन गरी फर्म डाउनलोड गर्न सकिनेछ । त्यस्तै प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षको हुनुपर्ने, कम्तिमा उचाई ५ फिट ८ इन्च भइ प्लस टु तह उत्तीर्ण भएको हुन पर्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाण्डुमा हुने बताईएको छ भने विजेताले नेपाललाई म्यानहन्ट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ ।
दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमशः मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । साथै प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता बिवेश श्रेष्ठलाई फेब्रुअरी २०२० मा फिलिपिन्समा हुन गइरहेको म्यान हन्ट इन्टरनेशनल २०२० का लागि विदाइ गरिएको छ । गत वर्षको प्रतियोगितामा दोस्रो तथा तेस्रो भएका प्रशान्त जंग शाह र आर्यन सिटौलाले क्रमशः मिस्टर इन्टरनेशनल २०१९, फिलिपिन्स तथा मिस्टर ग्लोबल २०१९, थाईलैंडमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया