Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्वदेशी उत्पादन प्रवर्द्धनका लागि बृहत् ‘स्वदेशी बजार २०२५’ हुने

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि बृहत् ‘स्वदेशी बजार २०२५’ हुने


काठमाडौ । नेपाल उद्योग परिसंघले स्वदेशी उत्पादन प्रवर्द्धनका लागि बृहत् ‘स्वदेशी बजार २०२५’ आयोजना गर्ने भएको छ ।

परिसंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा मंसिर २७ गते शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपामा प्रदर्शनी हुन लागेको हो । परिसंघको मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा हुन लागेको प्रदर्शनीले ‘नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान’ भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्य लिएको छ । साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरीएको छ । उक्त प्रर्दशनीमा तीन हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रर्दशनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, बस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवासम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माणसम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी हुनेछन् । यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिकरूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्षरूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरिदकर्ता, वितरक, व्यावसायिक साझेदार र सरोकारवालाहरूसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ । परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रदर्शनीले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x