Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोरखा ब्रुअरी–खालिसीसी सहकार्यः ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू

गोरखा ब्रुअरी–खालिसीसी सहकार्यः ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू


काठमाडौं । गोरखा ब्रुअरी/कार्ल्सबर्ग समूहले बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित नयाँ अभियान अघि सारेको छ ।

‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’तर्फ उन्मुख गराउने बताइएको छ । अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यो मोडेलमार्फत व्यवसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x