एनआरएनएले दुई जना नेपाली विद्यार्थीलाई ६ वर्षे एमबीबीएसमा पूर्ण छात्रवृत्ति दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
संघले एसिया इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानको संयुक्त सहकार्यमा उक्त छात्रवृत्ति पैदान गर्न लागेको हो । विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागिएको संघले जनाएको छ । आवेदन २३ डिसेम्बर २०२५ सम्म दिन सकिनेछ । परीक्षा चिकित्सा शिक्षा आयोग आधारित प्रश्नमार्फत ३ जनवरी २०२६मा पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा सञ्चालन गरिनेछ । छात्रवृत्ति प्राप्त दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम दुई वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नु पर्नेछ । छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना, बसाइँ ) विश्वविद्यालयले बेहोर्ने जनाइएको छ । यस पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा क्षेत्रमा पर्याप्त जनशक्तिको कमीका कारण बिरामीले समयमै उपचार नपाएर जीवन गुमाउने जोखिम उच्च बन्दै गएको छ । देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीले स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कठिनाइ भएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- पतञ्जली जग्गा प्रकरणः माधव नेपालविरुद्धको मुद्दामा साक्षी झिकाउन विशेष अदालतको आदेश
- एमाले अध्यक्ष पदका लागि ओली र पोखरेलको उम्मेदवारी दर्ता
- चीनद्वारा व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण
- सुडानमा संयुक्त राष्ट्र संघको शिविरमा आक्रमण
- इन्डोनेसियाले २०२६ पछि डिजेल आयात रोक्ने
- छ दशमलव ७४ अंकले उक्लियो शेयर बजार
- बीमा प्राधिकरणद्वारा सिराहा जिल्लामा रहेका बीमा कम्पनीका शाखा प्रमुखसँग छलफल
- सिद्धार्थ प्रिमियरद्वारा ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर सार्वजनिक
धेरैले पढेको
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- अख्तियार प्रमुख राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा महानिर्देशक अधिकारी पक्राउ
- एसईई परीक्षाको १४ वर्षे उमेरको ‘थ्रेस होल्ड’विरुद्ध अन्तरिम आदेश मुद्दालाई अग्राधिकार
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया