Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने


काठमाडौं । एनसेल फाउन्डेसनले शैक्षिक सामग्री वितरण गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा बेलामा जनाएको प्रतिबद्धताबमोजिम कम्पनीले देशभरका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले एनपीएलमा हानिएका प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो । सोही अनुसार एनसेलले एनपीएल दोस्रो संस्करणमा हानिएका हरेक चौकाको प्रहारमा चारवटा शैक्षिक सामग्री प्रदान गर्न लागेको हो । यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए, जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।

कम्पनीने प्रदान गर्ने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुने जनाईएको छ । यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो । साथै, पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x