सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट पनि सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई परिसंघले सम्मान गरेको हो ।
मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेका थिए । सो अवसरमा उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान समेत भएको बताए । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उनले जानकारी दिए । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरूलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवसमा वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगहरूमध्येबाट युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्नेमध्येबाट भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
यस्तै कृषि एवं पशुपन्छीजन्य उद्योगहरूमध्येबाट पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट भेरिस्क नेपाल प्रालि, एकलौटी फर्महरूमध्येबाट थर्ड आई इन्टरनेसनल, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि., स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् । यसैगरी रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट आईएमई लिमिटेड, निकायहरूमध्येबाट नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी एक सय करोड रुपैयाँसम्म कारोबार गर्ने कारदाताहरूमध्येबाट सीडीएस एन्ड क्लियरिङ लि., वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरूमध्येबाट भीएफ सर्भिसेज (मोरिसस) प्रालिलाई परिसंघले सम्मान गरेको हो ।
विसं २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातामध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई सम्मान गरेको परिसंघले जनाएको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- मेटलाइफ नेपालको २४ वर्ष पूरा
- स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता
- नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
- एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
- आईसीएफसी फाइनान्सको २२औँ वार्षिक साधारणसभा
- इन्फिनिटी लघुवित्तको त्रैमासिक नाफा तीन करोड
- सिटिजन लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु




















तपाईको प्रतिक्रिया