जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक

काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेलहरू जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ ।
उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुबै मोडेल शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ । नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँ मापदण्ड स्थापित गरेको छ । केवल ५.९ मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबुत टिकाउपनलाई एकसाथ ल्याएको छ । यसमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ । साथै, आईपी६८, आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ संयोजन मानिन्छ ।
युनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्युचर सेन्ट्रिक पर्फर्मेस दिन्छ । यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसँग फोन दिनभरि प्रयोग गर्न मिल्छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३ हजार नौ सय ९९ तोकिएको छ । यसैगरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि८० डिजाइन पनि सार्वजनिक गरेको छ । एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ १९ हजार ९९९ तथा ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१ हजार नौ सय ९९ मा उपलब्ध छ ।
एन्ड्रोइड १६मा चल्ने नुबिया भि८० डिजाइन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ । यसमा २२.५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्टसहित ५ हजार मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ । फोटोग्राफीका लागि ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ । दुबै स्मार्टफोन अहिले नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- मेटलाइफ नेपालको २४ वर्ष पूरा
- स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता
- नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
- एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
- आईसीएफसी फाइनान्सको २२औँ वार्षिक साधारणसभा
- इन्फिनिटी लघुवित्तको त्रैमासिक नाफा तीन करोड
- सिटिजन लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु



















तपाईको प्रतिक्रिया