सलमानको जन्मदिनमा नेपालको बिइङ ह्युमनको विशेष अफर
काठमाडौं, पुस ९
बलिउड सुपरस्टार सलमान खानको जन्मदिनलाई लक्षित गरेर बिइङ ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ । सलमानद्वारा सञ्चालित बिइङ ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिइङ ह्युमन क्लोथिङले स्किम सार्वजनिक गरेको हो । स्किमअन्तर्गत बिइङ ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिनको अवसरमा अर्थात् आगामी शुक्रबार सलमानको फिल्म दबगं–३ को एउटा टिकट र ‘बिइङ दबंग’ लेखिएको टि–सर्ट उपहार पाउनेछन् ।
बिइङ ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलका अनुसार शुक्रबारको लागि एउटा सिनेमा हल नै बुक भइसकेको छ । त्यस दिन सलमानको जन्मदिनको अवसरमा सामूहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किमअन्तर्गतका ग्राहकलाई सिनेमा हेर्न लगिने उनले जानकारी दिए । त्यस दिन १ सयभन्दा बढी अग्रिम बुकिङ भइसकेको इ–साइकल समेत सार्वजनिक हुनेछ । बिइङ ह्युमन फाउण्डेसनले बिइङ ह्युमन ब्राण्डका सामग्रीहरु बिक्री गरेबापत हुने आम्दानीको एउटा निश्चित हिस्सा परोपकार तथा सामाजिक उत्तरदायित्वका लागि छुट्याउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया