Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डार्ई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण

हुन्डार्ई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण


काठमाडौं, भदौ ३०
हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले एक कार्यक्रमबीच विजयीहरु नागेश्वर प्रसाद शाह (कुपन नं. १२७२) लाई भेन्यु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सेन्ट्रो म्याग्ना हस्तान्तरण गरेको छ । लक्की ड्रको विजेताहरुको छनौट गत जुन २९ मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुवई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको समेत नाम छनौट गरिएको थियो ।

कञ्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले विजेताहरुको नाम घोषणा गरेकी थिइन् । दुवई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुमा भरत सिंह पौडेल (कुपन नं. : ३९७), चन्द्रमणि पौडेल (कुपन नं. : २७५), श्रीजेश घिमिरे (कुपन नं. : ९९६), महेश्वर लाल सिंह (कुपन नं. : ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. : ९४४), राजु शाह (कुपन नं. : ७६), दल बहादुर बि. क. (कुपन नं. : ७४४), विजय अग्रवाल, गणेश हार्डवेयर (कुपन नं. : ७१६), एनआईसी एसिया बैंक लि. (सि/ओ) निर्भीक सापकोटा (कुपन नं. : ११५८), र खातु इन्टरनेशनल प्रालि (कुपन नं. : ३५) रहेका छन् । हुन्डाई फेस्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान सेन्ट्रो म्याग्ना, एक थान भेन्यू एस, १० जोडीलाई दुवई भ्रमणसहित स्क्राच कार्डमार्फत नगद छुट पनि प्राप्त गरेका थिए ।

सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुन्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । सबै हुन्डाईका गाडीहरुमा तीन वर्ष वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्ये पर्छ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया