Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा वैश्विक स्तरमा कलरओएस ११ सार्वजनिक

ओप्पोद्वारा वैश्विक स्तरमा कलरओएस ११ सार्वजनिक


काठमाडौं, भदौ ३१
ओप्पोले एक अनलाइन प्रेस कन्फरेन्समार्फत नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ । यससँगै ओप्पोले प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो ओईएमएसका रुपमा इतिहास समेत रचेको छ । ‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट एन्ड्रोइड फिचर्सलाई निरन्तरता दिँदै प्रयोगकर्ताले चाहेजस्तै उत्कृष्ट यूआई कस्टमाइजेसन उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अनुसार कलरओएस ११ मा काम र जीवनको सम्पादनमा सुधारका लागि विभिन्न उपयोगी फिचर्सहरु उपलब्ध गरिएका छन् । ओप्पो र गुगलको सहकार्यमा पहिलो निर्मित गुगल लेन्सद्वारा सञ्चारित थ्री फिंगर ट्रान्सलेट तिनकै एक नमूना हो । यसले तीन औँलाको सहायताद्वारा खिचिएको साधारण स्क्रिनशटमार्फत अक्षर अनुवाद गर्छ । यसमा रहेको फ्लेक्सड्रप फिचरले मल्टि–टास्किङका लागि सरल र सहज समाधान उपलब्ध गराउनुका साथै प्रयोगकर्ताले भिडियो हेर्दै टेक्स्ट गर्न सक्छन् । साथै, प्रयोगकर्ताले सहतापूर्वक स्विट्च गर्दै विभिन्न स्मार्ट होम डिभाइसेज पनि नयाँ डिभाइस कन्ट्रोल मेनुमार्फत अन्य एप डाउनलोडविनै नियन्त्रण गर्न सक्नेछन् ।

यसमा व्याट्रीलाई लामो समयसम्म टिकाउने सोचका साथ नयाँ सुपर पावर सेभिङ मोड पनि दिइएको छ । यसको सहायताबाट प्रयोगकर्ताले लो–व्याट्री भएको अवस्थामा समेत छवटा एप छनोट गरी चलाउने सुविधा पाउन सक्छन् । साथै, यसमा रहेको व्याट्री गार्डले अस्थिर पावर भोल्टेज भएको अवस्थामा समेत लामो समयसम्म चार्ज गर्नुपर्दा व्याट्रीलाई सुरक्षा प्रदान गर्छ । यसले रातको समयमा स्वचालित रुपमै चार्ज ८० प्रतिशत पुगेको अवस्थामा चार्जिङ प्रक्रियालाई रोकी प्रयोकर्ता उठ्ने समयसम्मका लागि पूर्ण चार्ज हुने प्रक्रियालाई रोकिदिने कम्पनीको भनाइ छ ।

हाई फ्रेम रेट्सलाई औद्योगिक सम्पन्नता मानिए पनि कतिपय फोनहरुमा कहिलेकाहीँ ल्याग हुने तथा अड्किने समस्या देख्न सकिन्छ । यसको समाधानार्थ कलरओएस ११ले यूआई फस्र्ट २.० उपलब्ध गराएको छ । यसले ओप्पोको स्वामित्वमा रहेको ल्याग रिड्यूसिङ इन्जिनलाई क्वान्टम एनिमेसनसँग समायोजन गर्छ । यसले -यामको प्रयोगमा ४५ प्रतिशत सुधार ल्याउँदै रेस्पोन्स रेटलाई ३२ प्रतिशतले र फ्रेम रेटमा १७ प्रतिशतले सुधार ल्याउन सघाउँछ ।

त्यसैगरी यसमा रहेको एआईएम प्रिलोडिङले प्रयोकगर्ताको बानी बुझ्दै अत्यधिक प्रयोग हुने एप्स प्रिलोड गरी लोडिङ समयमा उल्लेख्य सुधार दिन्छ । कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट गोपनीयताका विकल्पलाई निरन्तरता दिँदै थप गोपनीयता सुरक्षा तथा डाटा सुरक्षण फिचर्स पनि उपलब्ध गराएको छ । प्राइभेट सिस्टमले छुट्टै नयाँ प्रणालीको स्थापना गरी वास्तविकभन्दा पृथक् एप्स तथा डाटाका भर्जन सिर्जन गर्ने र तिनलाई स्वतन्त्ररुपमा प्रयोग गर्ने वातावरण उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

एपलकका लागि नयाँ सर्टकटले प्रयोगकर्तालाई पासवर्ड, फिंगरप्रिन्ट वा फेसियल भेरिफिकेसनको प्रयोग गर्ने अवसर प्रदान गरेको छ । त्यसैगरी परमिशन प्रणाली पनि अस्थायी अनुमतिका साथ थप सुदृढ गरिएको छ । त्यसैगरी अटो रिसेट परमिसनले लामो समयसम्म प्रयोग नगरिएको अवस्थामा एप परमिसन सेटिङलाई डिफल्टमा फर्किन मद्दत गर्छ । शंकास्पद एपलाई अन्य एप डाटासम्म पहुँच बनाउन पनि यसले रोक्ने कार्य गर्छ । त्यसैगरी, स्कोप्ड स्टोरेजले फोन डाटामाथि को पहुँच रोक्दै दिनैपर्ने अवस्थामा अनुमतिको माग गर्छ ।

कलरओएस ११को बेटा भर्जन सार्वजनिकले प्रविधि प्रेमी प्रयोगकर्तालाई आधिकारिक सार्वजनिकको करिब एक हप्ताअगाडि यसमा पहुँच बनाउँदै नयाँ फिचरबारे अन्वेषण गर्न र प्रतिक्रिया दिने अवसर प्रदान गरेको छ । कलरओएस ११ व्याट्च बाई व्याट्च एप्रोचबाट सार्वजनिक गरिनेछ । यसको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिजमार्फत हुने जानकारी दिइएको छ । पूर्णतः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिज अन्तर्गतका २८ भन्दा बढी फोन मोडलहरु समेट्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया