ब्ल्याकपिंक डान्समा १० प्रतिस्पर्धी समूह छनौट
काठमाडौं, पुस १०
‘ब्ल्याकपिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनौट गरिएको छ । प्रतियोगिताका लागि इच्छुक करिब दुई सय प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि १० प्रतियोगी समूह छनौट भएका हुन् । प्रतिस्पर्धाका लागि निर्धारित तीन जनाको जुरी समूहले प्राप्त भिडियोहरुबाट उत्कृष्ट १० प्रतियोगीको समूह छनौट गरेको हो । आगामी शनिबार काठमाडौंमा हुनलागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनका लागि सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले कुनै पनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । यसका लागि कम्पनीले डिसेम्बर महिनाको २० तारिखसम्मको समय उपलब्ध गराएको थियो । त्यस अवधिसम्ममा आफ्नो के पप म्युजिकको डान्स भिडियो कम्पनीको इमेलमा पठाउनेमध्ये प्रतिस्पर्धी छनौट भएका हुन् ।
छनौटमा परेका १० प्रतिस्पर्धीले सामसुङ नेपालकातर्फबाट ५/५ हजारभन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्नेछन् भने प्रतिस्पर्धाको दोस्रो चरण अर्थात् २८ डिसेम्बरमा आयोजना हुने फाइनल राउण्डमा चार सयभन्दा बढी दर्शकका बीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्नेछन् । त्यस क्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गर्नेछन् । कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम के पप ‘ब्ल्याकपिंक डान्स फेस्टिवल’मा सहभागिता जनाउन प्रतिस्पर्धाका लागि विशेष किसिमको कुनै नियम वा उमेर समूह तोकिएको थिएन । यसका कोरियन संस्कृतिमा रम्न र रमाउन चाहनेहरुले स्वतःस्फूर्त रुपमा आआफ्नो समूह बनाई आबद्ध भएका हुन् ।
सहभागीहरुलाई सामसुङ नेपालको अफिसियल फेसबुक पेजमार्फत करिब दुई हप्ताको अवधिसहित जानकारी गराइएको थियो । फाइनलमा पुगेका १० टिममध्ये टप थ्रिमा पर्ने टिमलाई सामसुङ नेपलका तर्फबाट विशेष पुरस्कार प्राप्त गर्नेछन् । जसमा प्रथम हुने टिमलाई चार सेट सामसुङ ए८० फोन, द्वितीय हुनेलाई सामसुङ ए५० एस र तृतीय हुनेलाई सामसुङ ए३० एस फोन सेट उपलब्ध हुनेछ । के पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगीतिक कार्यक्रम हो ।
नेपाली बजारमा रहेका गीत÷संगीतका प्रेमीहरुलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गीत/संगीतप्रति इमोसनल्ली एट्याच हुने अवसर सृजना गर्ने उद्देश्यले सामसुङले यसै वर्षदेखि नेपालमा यो अभियानको सुरुवात गरेको हो । नेपालमा कोरियन गीत विगतदेखि नै निकै पपुलर पनि छन् । ब्ल्याकपिंक कभर डान्स कम्टेस्ट नामको यो सांगीतिक कार्यक्रम के–पपको ग्राण्ड इभेन्ट अर्थात् फिनालीमा सहभागिता जनाउन कुनै शुल्क लाग्दैन । यसका सहभागिता जनाउन दर्शकले इन्ट्री पास मात्र लिए पुग्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया