Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलाखौं रकम असुल्न खोज्ने आरबी ओभरसिजमा विभागको छापा

लाखौं रकम असुल्न खोज्ने आरबी ओभरसिजमा विभागको छापा


काठमाडौं, पुस १०
खाडी मुलुक पठाउने नाममा युवाहरुसँग गैरकानुनी रुपमा रकम लिने गोंगबुस्थित आरबी ओभरसिजमा वैदेशिक रोजगार विभागले मंगलबार छापा मारेको छ । ओभरसिजले युवाहरुलाई विदेश पठाउने नाममा लाखौं रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी दिएसँगै विभागले सो मेनपावरमा छापा मारेको जनाएको छ ।

विभागका महानिर्देशक भीष्म कुमार भुसालले आरबि ओभरसिजका सञ्चालक ऋषिराम कँडेलले आफ्ना कर्मचारीमार्फत खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै युवाहरुसँग अनावश्यक रकम लिएको अवस्थामा फेला परेकोे बताए । भोजपुरका पासाङ्ग नोर्बु शेर्पा यूएईस्थित सेक्यूरिटी कम्पनीमा काम लगाउने भन्दै कँडेलले लागतभन्दा बढी रकम असुल्न खोजेका थिए । विभागका अनुसार कंडेलले युएई पठाउने नामा शेर्पासँग पाँच लाख रुपैयाँ माग गरेको थिए ।

सोही रकम लिने क्रममा विभागले कँडेल र उनका सहयोगीलाई रङ्गेहात फेला पारेको महानिर्देशक भुसालले बताए । शेर्पाले ५० हजार पहिले नै नगद दिएका थिए । उनले २५ हजारजति कम गरिदिन भने पनि सञ्चालक नमानेको बताइएको छ । विभागका अनुसार कंँडेलले शेर्पालाई पाँच लाख नगद नबुझाउँदासम्म श्रम स्वीकृतिका लागि पेश नै नगर्ने बताउँदै आएसँगै उनले पाँच लाख दिने तयारी गरेका हुन् ।

विदेशमा काम गर्न जाने तयारीमा भए पनि सो रकम नलाग्ने भन्दै उनले विभागमा उजुरी दिएका थिए । विभागमा उजुरी गर्दा समेत उनलाई विदेश जानै नपाइने हो कि भनेर चिन्ता व्यक्त गरेका थिए । विभागले छापा मार्ने क्रममा भने शेर्पाको भिसा लागिसकेको पासपोर्ट समेत बरामद गरेको छ । विभागले सो मेनपावरविरुद्ध थप कारबाही प्रक्रिया समेत अघि बढाएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया