Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधरान उपमहानगरको कर तथा राजस्व इ–सेवामार्फत भुक्तानी गर्न सकिने

धरान उपमहानगरको कर तथा राजस्व इ–सेवामार्फत भुक्तानी गर्न सकिने


सुनसरी ।
धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । योसँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ति कर, भूमि कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इ–सेवाबाटै भुक्तानी गर्न सक्नेछन् ।

इ–सेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इ–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ–सेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिनेछ । इ–सेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ ।’

नगरबासीले दुई तरिकाबाट इ–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । नगरबासीले सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराई लगइन आईडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इ–सेवामार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया